चिन्तामणिकोडायरीबाट ««««« इन्द्रेणी शर्मा ´´जलद ´´का कथाहरु

Leave a comment

चिन्तामणिकोडायरीबाट  ««««« इन्द्रेणी शर्मा ´´जलद ´´का कथाहरु

      ´´नमस्ते चिन्तामणिजी ´´
    ´´  ,नमस्ते,प्रकाशजी  आराम,हुनुहुन्छ ?´´
     ´´ ठिकैछु , के छ हजुरको नया पुस्तकको बारेमा ?´´
     ´´के लेख्नु ?कसका लागि लेख्नु ? पाठकनै हाम्रा लेख हेर्नुभन्दा बिद्रोही हुन् खोज्छन ´´
     ´´के भन्न खोज्नु भएको ? हजुरको मुखबाट यस्तो कुरा ?´´
     ´´ जे भन्दैछु सत्य भन्दैछु  हेर्नुस एक नमूना एक युवतीको फिल्मी काहनीले जति मस्ती दिन्छ त्यो नायिकाको वास्तविक  मर्म होइन कामुकसौन्दर्यको प्रतिक हो / र बिद्रोही हुनुको कारण पनि भन्दैछु हेर्नुस जब समाजमा केही कुतत्व कुसंस्कारलाइ  हामीले हटाउदैनौ  ति काला अनुहार छेपाराको रुपमा बदलीरहन्छन , हेर्दा सुन्दर पनि देखिएलान तर उनको कुकर्म भन्नु देशको समाजको बिरुद्द हुन्छ हेर्नुस आज देश कुन हालतमा छ ? यस्तै मानसिक बोकेका मानिसको प्रतिफल हो भन्न सकिन्छ  /हो  म यसरी आफ्नो समाजमा केही गर्ने बिचार हुदाहुदै समाजका कालो मेटाउन सकिन र उनीहरुको कसिंगर हुनु भन्दा म भूमिगत जीवनमा हराउन पुगेको मात्र हो ´´ ««««« http://youtu.be/XwM7wN4xLloहेर्नुस यो भिडियो  «««
´´मार्मिक कुरा भन्नु भयो नि ?´´
´´हो त प्रकाशजी के गर्नु आफ्नो भाग्य आफै लेख्ने बेलामा अरुको इशारामा हाम्रा नेता अभिनेता अभिनय गरिराखेका हुन्छन हामीले लेखेका कुरा बुझेको भए कुन गतिमा पुगिन्थ्यो  नेताको भाषणले कति मधुबिषमा रमायौं हैन  त?
´´हजुरको ब्यथा सुनेको मैले /. कति कष्ट गर्नु भयो नेपाली जगतमा  ? देश कुन हालतमा छ ?लेख्नुहुन्थ्यो जति लेखे पनि केही कसैले बुझ्ने होइनन , तर यो मतलबी  संसारको रहष्य बुझ्नु कठिन छ / आज कुन हालतमा हुनुहुन्छ ? त्यों पनि थाहा छ / आखिर के लानु छ ?के कति भोग्नु यो भवसागरको  भोगाई ?
क्रमश
चिन्तामणिकोडायरीबाट //  इन्द्रेणीशर्मा ´´जलद´´ का कथाहरु //

बासुको प्रेमकथा र रुपाको ब्यथा «« इन्द्रेणी शर्मा ´´जलद´´ का कथाहरु

Leave a comment

बासुको  प्रेमकथा र रुपाको ब्यथा ««    इन्द्रेणी शर्मा ´´जलद´´ का कथाहरु
    कथाकार –इन्द्रेणी शर्मा  ´´जलद´´
´´ तिमीलाई कति महान ठानेकी थिएं ? तिमी त बिस्वास गर्न लायक रहेनछौ , निष्ठुरी बासु , तिमीलाई के कुरा भनेको थिएं ? आज तिमीले मेरो कुन हालत बनायौ ?  म आफ्नै छोरीलाइ गिट्टी बालुवा बोकेर पनि पाल्छु  ,  नारीले आफ्नो संतानको लागी  सारा संसार त्यागी दिन्छे  आमाको संतान प्रतिको ममताको मर्म  कति गहिरो हुन्छ /   एक बुद बिर्यको लागी नारीले ९ /९ महीना आफ्नो नारी अस्मितामा कति पीड़ा बोकेकी हुन्छे  ? पुरुषको  नालाकीको सजाय केवल नारीले भोग्नु पर्ने ?´´
´´रूपा, मुख समालेर बोल,  मेरो के दोष छ ? के कुरामा तिमी  यस्तो क्रूर बनेकी ? आखिर के कुरा मबाट गल्ती भयो ?खै  म त्यस्तो कुनै ख़राब बिचारको मान्छे त हुदै होइन  ..´´
बासु  यो फोटो कस्को हो ? अनि यी कोशेली नि ? को आइमाई हो यो ? कस्ले पठाएको यी चीज ? दराजमा डायरी पाएकी थिएं  त्यों डायरीको फोटोसंग मिल्दो छ ´´
हो नारीको शंकालु बानीले आफै जल्दछ्न नारीहरु , हेर रूपा यी युवती आजकल  एक सशक्त पत्रकार हुन पुगेकी  छिन  उनको चर्चा खूब चलेको छ जब कुनै नेता अभिनेता उनको सामू अन्तर्बार्ता दिन पुग्छ्न उनको यक्ष प्रश्नको  सोधाईले   हायल-कायल हुदा  ओठ-तालु सुकाउन  बिबश हुन्छन /
    शायद भोलि हामीलाई भेट्न आउदै छिन   भन्ने हो भने  ति योगेश शर्माकी  भान्जी हुन  योगेश लाइ तिमीले चिनेकी पनि छ्यौ ,होइन  र ?´´
मलाई माफ़ गर बासु  अब आइन्दा यस्तो कदापि भन्ने छैन  यत्ति कुरा पहिले नै  भनी दिएको भए कस्तो जाती हुन्थ्यो ?´´
तिमीले मलाई भन्ने समय नै कहाँ दिन पुग्यौ  र ? नारीको दुश्मन नारी हुन्छ भन्ने मनमा आगो बाले पछि  कसरी संतापबाट बाट शांति हुन्छ  र ? हेर रूपा भन्ने हो भने हामीले एक अर्कालाई राम्रो गरी बिस्वास गरेका थियौ   मेरो बाबाको कुरालाइ  काट्न सकिन मेरो बाबा सीरियस बिरामी हुनुहुन्थ्यो  / आफुले चिनेजानेको भएर  तिम्रो मामाको संपर्क बाट हाम्रो बिबाह हुनपुगेको हो  जब हाम्रो बिबाह हुदै  थियो  उनी आफ्नो मानव जीवन अस्पतालको बेडमा जीवन मृत्युको दोधारमा पुगेकी थिइन  / हाम्रो बाल दौतरी जोड़ी थियो  उनी मंगोलियन युवती थिइन
म आर्यन  समाजमा हाम्रो बारेमा तथानाम कुरो हुन्थ्यो   / जे होस  जब उनलाई अस्पतालमा  भेटें  आँखा भरी  आँशु छछल्कियेका थिए / मसँग कुनै जवाफ थिएन /
««««««अचम्म बने प्रभु  हरेक पुरुषको आफ्नै कथा ब्यथा हदों रहेछ  रुपाले  आफ्नो अतीतलाइ सम्झिन तारा शर्मासंगको बर्षों सम्मको प्रेम जीवनको यथार्थ चलचित्र जस्तै मनको पर्दामा देखियो  कालीनीली हुदै भांसातीर लागिन «««
रूपा के भयो तिमीलाई किन डराएकी ? हेर रुपा मानवजीवन हो  प्रेम बिछोडको कथा ब्यथा त हुन्छ नै  एकले अर्कोको  अतीतलाई नराम्रो भन्नु हुन्  हामीले यो  संसारमा  आफ्नो मानबिय बिचारलाई बुझ्नु पर्छ  जीवनका हरेक भोगाई नै जीवनको अनुभव हो  मेरो कथा त तिमीलाई बताए  तिमीलाई इच्छा छ भने बताउन सक्छ्यौ  /´
रुपाले घोसेमुख लागेर धेरै कुरा सोचेको देखिन्थ्यो  मनको ज्वाला कत्ति थामिएको थिएन
क्रमश …….
इन्द्रेणी शर्मा ´´जलद´´
प्रगतिनगर नवलपुर नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन पोर्तुगल
दिनांक  १७/०५/२०१२ लिस्बोन

एक तितो अतीत –इन्द्रेणी शर्मा´´जलद´´´का कथाहरु

Leave a comment

एक तितो अतीत –इन्द्रेणी शर्मा´´जलद´´´का कथाहरु
कथाकार इन्द्रेणी शर्मा ´´जलद´´
तिमीले जे सोच्यौ त्यही गर्यौ आखिर तिमीबाट छुट्टीनु थियो समयले जे दियो मेरो लागी संघर्षको गंतब्य दिएर गयो / अर्को साल भेट होला नहोला यो कोशेली तिम्रो लागी लिएर आएको छु / हरेक कदम कदममा जे जस्तो गर्यौ मेरो हितकै लागी सोचेको थिएं एक दिन अचानक तिम्रो साथमा एक अपरिचित पुरुष देखें
मलाई शंका लाग्यो म तिमीले नदेख्ने बाटो गरेर अर्को अध्यारो कोठामा पल्टें रातभरि निंद्रा पनि लागेन लागोस पनि कसरी ? आखिरी तिमीले त्यों आफ्नो मामाको छोरा भन्नु सक्थ्यौ तर किन कुरा लुकायौं बिंदु ? रोशनले मेरो बारेमा धेरै चासो दिएको थियो तिमीले कुरा पटक पटक मोदी दियौ /
राती एक पटक पनि फोन संपर्क गरिनौ वास्तबिक के कुरा रहेछ भनेर उषालाई तिम्रो सामू पठाएं तर उसलाई अर्कैरूपले हेर्न पुगिछ्यौ नारीको नौरूप हुन्छ भन्थे सत्य रहेछ
बिंदु चुपचाप ,कुनै प्रतिकृया आएन
रूपचन्द्र बेचैन बने
एउटी किशोरी नजिक देखा परिन , रूपचन्द्र ले नियाले
´´हजुर नमस्ते, रूपचन्द्र अंकलको घर यही हो ?´´
´´हो, नानी कहाँबाट आएकी ?´´ बस न एक छिन कुर्ची देखाउदै
´´ हजूर मेरो ममीले यो चिठ्ठी दिनु भएकोछ ममी अस्पतालमा हुनुहुन्छ लिनुस अंकल यो चिठ्ठी ?´´
´´चिठ्ठी खोलेर हेर्यो आफ्नो बिगतको याद आयो आँखा रसाए रुपचंद्रको, आफ्नी कलेज लाइफकी केटी साथी थिइन ´´
प्रियतम रुचंद्र
असीम सम्झना
हजुरलाई जसरी भेटेकी थिएं उसरी नै गुमाउन पुगें / हामी सुन्दर भबिश्य निर्माणको लागी कलेज जीवनमा प्रबेश गरका थियौं /सबैको युगल जोड़ी हुन्थ्यो मैले पनि हजुरलाई मन पराएँ साहित्य समाज सेवाको भावना हजुरमा देखें म एकोरिन थालेछु कसरी माया बस्यो पत्तो भएन ,अचानक एक दिन हजुरले नै प्रेमको पत्र लेखेर दिनु भयो के खोज्छेस कानी ?आँखों भयो हामीले नयाँ डेरामा संगसंगै बस्न सुरु गर्यौ कलेजको पढ़ाईसंगसंगै नोकरी गरी नया जीवनको सुरुवात हुदै थियो / हजुरलाई घरबाट बाबा बिरामी भएको खवर आए पछि हजुर आफ्नो घर तीर लाग्नु भयो /म डेरा कुरेर बसें , हजुर डेरामा फर्किनु भएन आफ्नो मुलघर पर्वत जान पनि सकिन ,आखिर काठमांडूको संघर्षमा म पनि होमिदैछु हजुरहरू काठमांडू आएको जानकारी पाएँ/ सोचें हजुरको रगत मेरो कोखमा हुर्केको हुदा एक पटक आत्मा ह्त्या गर्ने सोच पनि नआएको थिएन , डोरीको पासो लगाएं फेरी सोचें म बाचेर केही गर्नु पर्छ भन्ने सोची आत्मालाई दरो बनाउन पुगें आखिरी छोरी जन्मिन पुगिन आज उनै मेरो सहारा बनेकी छिन / आज मेरो जीवनमा रोग फेला पर्यो एक कालोछाया देखिन थाल्यो , मेरो म जीवनको अन्त्य अंतिम स्थितिमा पुगेकीछु /
आज आफ्नी छोरीलाई अपनाउनु भयो भने म शान्तिसंग मर्न सक्थें ———-
हजुरकी उही
दिपा शर्मा ´´ निरासी ´´
दिनांक /
क्रमश……………………………………
प्रगतिनगर , नवलपुर नवलपरासी लुम्बिनी नेपाल
लिस्बोन पोर्तुगल
दिनांक १६/०५/२०१२ लिस्बोन

शिशिर र बसन्तीको अन्तरकथा «« इन्द्रेणी शर्मा ´´जलद´´का कथाहरु««

Leave a comment

शिशिर र बसन्तीको  अन्तरकथा             «« इन्द्रेणी शर्मा ´´जलद´´का कथाहरु««
लेखक इन्द्रेणी शर्मा ´´जलद ´´
         बसंतीका आँखा रसाएका थिए, मैले आफ्नो सारा काहनी सुनाएँ / बसंती धेरै बर्ष पछि मैले भेटेको थिएं एक सरकारी अस्पतालमा ,आफ्नो लोग्नेको उपचारको सिलसिलामा आएकी रहिछे हामी दौतरी थियौं ,हाम्रा काकाले बेलाबेलामा जिस्काउनु हुन्थ्यो हामी लाजले पानी हुन्थ्यौं अहिले उ आफ्नो जीवनको कथा सुनाउन खोज्दैछे , ऊ सामान्य परिवारमा हुर्केकी थिइ .उसको ठुलो दाइ मेरो स्कुले साथी थियो / रमेश थियो उसको नाम . बसन्ती मेरी सानिमाकी छोरी उषासँग हेलमेल थियो बसन्ती कहिलेकाँही मेरो कोठामा आएर आफ्नो जीवनका रंग कोर्थी म कल्पनामा हराउन पुग्थें /
हामी बसाईंसराइको सिलसिलमा हामी आफ्नो जन्मेको ठाउ छोडेर तराइ तिर लागियो ऊ आफ्नो पुरानो बस्तिमा नै आफ्नो जीवनका दिन बिताउदै हुदिहो यसरी भेट नभएको पनि बर्षौं भयो
म तराइमा थिएँ बसंतीको खुबैयाद आउथ्यो के गर्नु ? मेरो स्कुले जीवनका कारण म आफ्नो पुरानो घर जान सकिन मेरा कुरा बसन्तीलाई बेलाबेलामा लेख्थें उसले पनि आफ्नो मनको बह पोखेकी हुन्थी उसको दाइ दोहोरो भिडन्तमा परे पछी घाइते भएछ उपचार त भयो तर अपांग जीवन बिताउदै गाउँ कै स्कुलमा शिक्षक भएछ / समय बित्दै गयो एक दिन बसन्तीको पनि कतारमा कामगर्ने साल टारीका उमेश संग बिबाह भएछ जब मैले सुने म छानाबाट खसेको अनुभव गरें /
आज मेरो आफ्नै जीवन छ तर म खुशी हुनसकेको छैन किनकी बसन्तीले मेरो जीवनमा नया प्रेमको आवाज भरेकी थिइ
उसले मलाइ आफ्नो कुरा कहित्यै लुकाइन , म उसको जीवनमा कति पोखिएको थिएँ ? कति भरोसामा डुबेको थिएँ डायरीका पानामा मनका बेगहरु सलबलाएका हुन्थें /
शिशिर मेरो जीवनमा तिमी बाहेक अर्को पुरुष हुने छैन उसले आस्वस्त पार्थि म बेचैन हुन्थें मेरो सारा आफंतिको अगाडि कसरी हिम्मत गर्नु ? म यसरी नै आफ्नो कथा सुनाउदै थिएँ
मनका आंधी बेहरीले सारा जीवनमा हलचल ल्यायो  बसंतीको मनको संसारमा आज सुनामी आएको थियो  मेरो भित्रीसतहमा उसैको झझल्को हुन्थ्यो  . हाम्रो कुराकानी उसको लोग्नेले  छेवैबाट सुनेछ
भाबुक हुदै  आफ्नो बिगत सम्झाउदै भन्यो हो– ´´शिशिरजी यस्तो त होई हाल्छ नि यो कसैको दोष होइन «« प्रेम पबित्र हुनु नै  आत्मा सत्य हुनु हो  ««हेर्नुस यस्तो कुरा पहिल्यै थाहा पाएको भए ठिक हुदो रहेछ  ठिक छ  बसंतीको पबित्र मन छ जुन हजुरलाई थाहा छ तर आज म भाग्यवान ठान्दछु /´´
बसंतीको आँखा रसाएका मात्र थिएनन् आँशुले छाती चुर्लुम्म भिजेको थियो – आफ्नो लोग्नेको यो कुराले ऊ झन् प्रभावित संबेदनशिल हुन् पुगेकी थिइ
नारीको मर्म कति गहिरो हुन्छ आज ति आँशु बगाइले स्पष्ट पारेको थियो
बसन्ती मेरो जीवनकी पहिला नारी थिइ केटीसाथीको रुपमा  हरेक नया कुरा चिज एकअर्काको बीच बाड़ीचुडी गर्दथ्यौ  त्यो अनुपम आनन्द थियो /दुवै एक अर्कोमा हराएका हुन्थ्यौं  – मैले लेखेका गित जाब बसन्तीले गाउथी  मानिस टक्क उभिएर सुनी  रहन्थे  कोकिल आवाज थियो उसको म उसको हरेक कुराले मोहित हुन्थें  मेरा अरु दौतरी रिसले आगो हुन्थें  सुन्दरी कोकिल आवाज सुडौल तन मनकारी मनको बोली सुशील आनिबानिको त  प्रतिमुर्ति नै थिइ बसन्ती , सबैको मन खिचेको हुन्थ्यो  / जब स्कुल पुग्थ्यें उसकै सम्झनाले म भाबनामा आफै हराउथें
ऊ अर्कै कि थिइ
मेरी हुन् सकिन मेरो मनको संसारमा ऊ निस्कन सकेकी भने थिइन  म बिबश थिएँ
शिशिर हामी आफ्नो घर लाग्यौं  डाक्टरले  एक पटक आउन भनेका छन त्यति बेला
तिम्रो घरमा बस्ने गरि आउछौं ल
मेरो मन कति रोयो आज मेरो जीवनमा बसन्ती भएको भए कस्तो हुने थियो ? शिशिरले आफ्नो बिगत सम्झ्यो  ऊ नदीको किनारतिर लाग्यो
भोलि पल्ट अखबारमा एक सनसनी पूर्ण खवर छापियो    ´´ शिशिरले नदीमा हाम फाले ´
शिशिर बाबुले आफ्नो जीवन व्यर्थमा फ्याकन खोजे
स्कुलबाट बिद्यार्थी घरतिर फर्कदै थिए अचानक एक मानिस झ्वाम्म नदीमा हामफालेको देखेछन सबैले गुहार गुहार गरेर चिच्चाए एक माझि नदीको किनारमै थिए  आफ्नो डुंगा हतार हतार लिएर बगिरहेको मानिसलाई समाती हाले पानि धेरै पिए  पनि होश गइ सकेको थिएन
मानिस जम्मा भए जीवनका कथा ब्यथा सुनाउन थाले  समाजमा भएका  युवायुवतीको भावनाको बारेमा चासो दिनु पर्छ नत्र यस्तै हुन्छ भन्ने कुरो बुझियो युवायुवतीको मनको तरंग सुनामी भन्दा डर लाग्दो हुन्छ हामीले बेलैमा बुझ्नु जरुरि हुन्छ यस्तै कुरा हुदै थिए एक युवकले कपडा माथि एक चिठ्ठी फेला पारे  अनि सबैलाई जानकारी दिए
उनको कपदासामु  एक लामो पत्र कोरिएको थियो
नन्दु केशवले पढेर सुनाउन थाले
बसन्ती
कोमल सम्झनाहरु
       तिमीले आफ्नो जीवनमा मेरो पुरानो सम्झना सदैब हटाउनु  किनकी तिम्रो यादले म पलपल पागल सरि बने म बाचेर पनि जिउदो लाश हुनु उचित ठानिन  आखिर अर्को जीवनमा पुनर  मिलनको कामना गर्दै तिम्रै नाममा बिदा हुन् पुगें याहा कोहि कसैको दोष र दबाव छैन मेरोआफ़्फ़्नै इच्छाले आत्मा हत्या गर्न पुगें  मलाइ थाहा थियो कातरले मात्र यसको निर्दयी कुकार्य गर्छन आखिर मेरो जाने बखत रहेछ  तिमीले आफ्नो श्रीमानको सम्मान गर्नु उनि महान रहेछन  हाम्रो कुरा सुनेर पनि रिसायेनन  बरु गर्ब गरे  तिमी महान छयौ बसन्ती म अब यो  संसारबाट  बिदा लिदै छु मलाइ माफ गर
तिम्रो हुन् नसकेको
शिशिर अभागी
समाप्त «««««««««
दिनांक ०९/०५/२०१२ बुधबार राति २१.२५
प्रगतिनगर नवलपुर नवलपरासी नेपाल
हाल लिस्बोन पोर्तुगल

कृपया नेपाल बन्दको गुनासो बारे

Leave a comment

कृपया  नेपाल बन्दको गुनासो बारे
मेरा देशभक्त नागरिकहरु
     आज दिनप्रतिदिन देश कुन  दिशामा गुर्जी रहेको छ ? हामीले के दिनु थियो ?के दिदै छौ? एक पटक सोच्ने   हो की ?देशको हालत देखेर शहीदको बलिदानको अपहेलना गरे जस्तो लाग्छ हाम्रो रगत र त्यागको प्रतिफल यही बंद हड़ताल  चक्का जाम हो त ? हाम्रो सम्मान गर्न चाहन्छौ भने शांति र संबिधान छिटो देऊ नत्र तिम्रो छेपरो राजनीति छोड़ी देऊ  हामीले हाम्रो रगतको मूल्य खोजेका हैनौ हामीले गरेको संघर्षको अंतिम लक्ष्य देशको आम परिबर्तनको कुराहो   जसमा सबै नागरिकको मौलिक हुनेहुदा सारा मानबियप्रकृतिका  अबसरका  सम्पूर्ण तत्वहरु गंतब्य पूरा हुन सक्छन ´´
    हामीले के लिनेभन्ने  हैन, के दिन सकिन्छ भन्नु हाम्रो पहिलो कर्तब्य हुनु पर्छ यसैमा सबैको कल्याण हुनेछ
मोहन आचार्य ´´जलद´´
जनांदोलन -२ को घाइते परिचय पत्र न. ४०७
हाल लिस्बोन पोर्तुगल
२०१२/०५/०९ लिस्बोन

पुष्प शर्माका साहित्यिक सवालहरू «« इन्द्रेनी शर्मा ´´जलद´´का कथाहरु««

Leave a comment

पुष्प शर्माका   साहित्यिक सवालहरू      «« इन्द्रेनी शर्मा ´´जलद´´का कथाहरु««
        लघु कथा
हामीले सुरुमा पत्यायेनौं  पनि जव तिम्रो फोटो हेरयौं छक्क पर्नु परियो आखिर तिमीले लेख्यौ पुरस्कार लिन जादै छौ हैन ?
´हो जादै छु´अर्को पनि छ तयारीमा
´´हो र ?
´´ पुस्तकका लेखक  तिमी नै थियौ . कसरी लेख्यौ  पुष्प ? यति छोटो समयमा ?
´´जीवन र मनको तरंग र किनारामा बगेको नदी हो भावना जस्लाई आफ्नो  साहित्यिक जल प्रवाहमा बगाउनु थियो ,केवल यत्ति हो मेरो कलम समय बनेर कोरिदै थियो ´
  ´´कसरी साहित्यमा लागेको तिमी ?´´
   ´´समाजको कोरापनको ज्याजस्ती  देखेर ´
   ´´किन समाजको सुधारको कदम पो थाल्ने किन बिद्रोही बनेर लेखेको त ?´´
   ´´ लेखक तानाशाही र चंचल भाबुक निर्दोष निष्ठुरी जे पनि हुन्छ भन्ने कुरा हजुरलाई थाहा छैन?  राजनीति जस्तो हो यो निर्दयी हुनु छ र  ?´´
    ´´आखिर के दिन्छ हो साहित्यले ?´´
    धर्म कर्मले संघर्षले के दिन्छ ?कर्तब्य बिनाको जीवनको अर्थ के हुन्छ ?आस्था बिनाको भावना कस्तो हुन्छ ? जीवनका सहर्ष संघर्षको निचोड़ हो साहित्य  जून समाजमा साहित्य सुन्या हुन्छ मानबताको भावना शुन्य हुन्छ मानिश अपराधी  निष्ठुरी पापी हुन  पुग्छ्न ,होइन र ?
हो तिमीले सही कुरा गर्यौ धन्यबाद पुष्प तिमीलाई, समाजको लागी दिन लागेको योगदान कदरयोग्य छ समय र साहित्यले अमिट आत्मा शान्ति  दियोस
धन्यबाद पुस्तक पढेरसहयोग बापत -एक पुस्तकको बिक्री हुदा रु १०/- सड़क बाल बालिकाको लागी रहने छ  अरु सामाजिक सहयोगको लागी हुनेगरी पुस्तक प्रकाशित गरेको  छु  अरु त के गर्न सकियो र यही भयेपनि लेखक टोपलेर संसारको अगाडि यही कुरा र गुनासो राखेकोछु
हुन्छ पुष्प त यो सहयोग रकम पनि तिमीलाई र तिम्रो साहसिक कदमको लागी  तिमीले र  मलाई चिन्यौ ?´´
मैले मेरो बिस्वासिलो पाठकको रुपमा चिनेको छु धेरै पटक भेटेको पनि छु  किन की मैले आफ्नो हुलिया बदली रहन्थें जस्ले मलाई कुनै समस्या नआओस
कस्तो समस्या नि ?
किनकी मैले ति निष्ठुरी मानिसका जीवन घटना नाटकीय शैलीमा लेख्न पुग्थें र त्यसैले
क्रमश
इन्द्रेणी शर्मा  ´´जलद ´´
प्रगतिनगर ,नवलपरासी नेपाल
हाल –लिस्बोन पोर्तुगल
दिनांक २९/०४/२०१२

संझनाको सुनामीमा नितेश //इन्द्रेणी शर्मा ´´जलद´´का कथाहरु //

Leave a comment

संझनाको सुनामीमा  नितेश //इन्द्रेणी शर्मा ´´जलद´´का  कथाहरु //

«««««««««««««««««««
       लघु कथा
««««««««««««««««««««
      ´´ हरे, कति दिक्क लाग्दो यो जिन्दगी ?  एक जमाना थियो ———–जमघट हुन्थ्यो, तर……………आज ? के भा ´हो  कुन्नि ´´. शेखरले आफ्नो दुखेसो पोख्दै भने  –
जमाना गयो दाई यस्तै हो हिजो हरियो हांगा देखिन्थ्यो यो पीपलको रुखको आज खै हेर्नुस त? चन्दनले जवाफ दिदै भने
नितेशजी के सोच्नु भएको ?रामप्रसादले सोधे
होइन होइन केही होइन रामप्रसादजी ?बरु आज दर्शन पाईयो हजुरको कहिले आउनु भयो ?
´´हिजो राती हो आएको –जवाफ दिए रामप्रसादले
   ´´नितेश घोरियो धेरै सोच्यो ……..शायद यही सोचेको होला
´´    मैले सुने मेरो मनको सागरमा बिशाल सुनामी आयो, संझें, त्यों मेरो आफ्नो बाल्यकालका बालशुलभ स्मृतीमा पुगें स्कूलका कलेजकादिन मा केही बेर रूमलियें,
जीवनका उर्बर समय   युवाकालमा देशको आन्दोलन क्रांति देशका घटनाहरूले पछायो होमियें .बलिदान योगदानका पृष्ठभूमि मा रगत पसीना बगाउदै थिएं  समयको छालले र  सुनामीले   मलाई आज  सात समुद्रपारीबाट आफ्नो देशको स्थिति हेर्न बिबश छु´´
ऊ आफैसंग प्रश्न सोध्छ  ऊ कल्पनामा हराउदै छ नजिक कसैलाई सम्झेर ऊ भन्दैछ …..
´´अनि हजूर नि ?´´
´´के मेरो कुरा सुन्नु भएन ?´´
हजुरको आफ्नो संसार बेग्लै छ छ सुन्दर  शायद हजुरलाई सुन्ने चाहना छैन होला , छ र ?´´
नितेशले आफ्नो यथार्थ ओकेल्यो
सबै जना बाटो लागी सकेछ्न हेर्यो एक्लै पायो आफुलाई ….
जीवनको त्यों तितो यथार्थ सबैको कथा ब्यथा संग मिल्थ्यो
सुनामी संझनाको लहर जीवनमा यसरी नै बित्छन होलान  होइन र ?
««««««««««««««««««««««
इन्द्रेणी शर्मा ´´जलद´ ´ नवलपरासी
लिस्बोन पोर्तुगल यूरोप /२०१२ अफ्रिल २७

संझनाको सुनामीमा नितेश //इन्द्रेणी शर्मा ´´जलद´´का कथाहरु //

Leave a comment

  संझनाको सुनामीमा  नितेश //इन्द्रेणी शर्मा ´´जलद´´का  कथाहरु //
«««««««««««««««««««
       लघु कथा
««««««««««««««««««««
      ´´ हरे, कति दिक्क लाग्दो यो जिन्दगी ?  एक जमाना थियो ———–जमघट हुन्थ्यो, तर……………आज ? के भा ´हो  कुन्नि ´´. शेखरले आफ्नो दुखेसो पोख्दै भने  –
जमाना गयो दाई यस्तै हो हिजो हरियो हांगा देखिन्थ्यो यो पीपलको रुखको आज खै हेर्नुस त? चन्दनले जवाफ दिदै भने
नितेशजी के सोच्नु भएको ?रामप्रसादले सोधे
होइन होइन केही होइन रामप्रसादजी ?बरु आज दर्शन पाईयो हजुरको कहिले आउनु भयो ?
´´हिजो राती हो आएको –जवाफ दिए रामप्रसादले
   ´´नितेश घोरियो धेरै सोच्यो ……..शायद यही सोचेको होला
´´    मैले सुने मेरो मनको सागरमा बिशाल सुनामी आयो, संझें, त्यों मेरो आफ्नो बाल्यकालका बालशुलभ स्मृतीमा पुगें स्कूलका कलेजकादिन मा केही बेर रूमलियें,
जीवनका उर्बर समय   युवाकालमा देशको आन्दोलन क्रांति देशका घटनाहरूले पछायो होमियें .बलिदान योगदानका पृष्ठभूमि मा रगत पसीना बगाउदै थिएं  समयको छालले र  सुनामीले   मलाई आज  सात समुद्रपारीबाट आफ्नो देशको स्थिति हेर्न बिबश छु´´
ऊ आफैसंग प्रश्न सोध्छ  ऊ कल्पनामा हराउदै छ नजिक कसैलाई सम्झेर ऊ भन्दैछ …..
´´अनि हजूर नि ?´´
´´के मेरो कुरा सुन्नु भएन ?´´
हजुरको आफ्नो संसार बेग्लै छ छ सुन्दर  शायद हजुरलाई सुन्ने चाहना छैन होला , छ र ?´´
नितेशले आफ्नो यथार्थ ओकेल्यो
सबै जना बाटो लागी सकेछ्न हेर्यो एक्लै पायो आफुलाई ….
जीवनको त्यों तितो यथार्थ सबैको कथा ब्यथा संग मिल्थ्यो
सुनामी संझनाको लहर जीवनमा यसरी नै बित्छन होलान  होइन र ?
««««««««««««««««««««««
इन्द्रेणी शर्मा ´´जलद´ ´ नवलपरासी
लिस्बोन पोर्तुगल यूरोप /२०१२ अफ्रिल २७

लेखक र खलनायिका

Leave a comment

लेखक र खलनायिका
कथा
´´आखिर तिमी को हौ किशोरी ? कसरी मेरो यो झुपडिमा? अनि को हो हुन ती युवकहरु ?´´
तपाईको पुस्तकले हाम्रोजीवन नै  बेहाल बनायो त्यसैले हामीले  सारा पुस्तक  लिन लागिआएको हो ,यी मेरा सहयोगी भाईहरु हुन यदि दिनु भएन भने हामीले शक्ति प्रयोग गर्न नपरोस ´´मतलव ? के त्यों पुस्तकले नानीलाइ´कस्तो समस्या पार्यो  त नानी ?´´
  ´´ बुझ्नुहुन्छ ? ,तपाईको पुस्तकको बाहिरी आबरणको तस्बीर र भित्री नारी पात्रको कथा प्रसंग हु बहु मिल्न गयेकोले हामीले यो कदम अगाडी ल्यायेकाहौं ´´
   ´´यो त मेरो आफ्नो नितांत निजी सृजना हो यो त सार्बजानिक भै सकेको छ  तिम्रो जीवनसंग मिल्नु त संजोग हुन पुगेको होला. वास्ताबिकता त मलाई के थाहा ?´´
      ´´जे जति छन हामीलाई दिनुस यो हाम्रो योजना र काम सकिए पछि फिर्ता दिन्छौं  कुनै आर्थिक समस्या छ भने लिनुस यो रकम रु ५०,००० अक्षेरुपी पचास हजार दिदै अर्को                  पुस्तक   निकाल्नुस बुझ्नु भएन ?´´
    ´´  नानी मैले २ लाख दिन्छु एउटा आंखा दिन्छ्यौ ´´
   ´´ के भन्न खोज्नुभएको ? हेर्नुस ,यो पुस्तकले गर्दा हाम्रो काम-धन्दामा कठिन पारेर हो हामीले यस पुस्तकले गर्दा बिबश बनेर खोज्दै यहाँसम्म आएका हौं  ? कस्तो अजीव पुस्तक हो यो ? जस्तो लेखक उस्तै पुस्तक पनि ´´
   ´´ठीक भन्यौ तिमीले ?´´
आखिर भनेको नमान्दा खप्नु पर्ला लेखक महोदय , सास्तीपाउनु छ या छैन ? होश गर्नुस हामी बिद्रोहीसमूहका एक जस्ता हौं हामीले बर्तमान सरकारको लागी समेत चेतावनी दिने सामर्थ्य छ तपाई त  के हो र ? तैपनी एक कलमजीवीको अपमान गर्न चाहेका थिएनौ ,जब हामीलाई समस्या पर्छ ´´मितको टाउको बेलै सरि ´´ भने जस्तो हो   हामीले जुनसुकै मूल्य तीर्न पनि कसर राख्ने छैनौ ´´
   ´´ठिक छ लग ,मलाइ मारेर लग म जिउदो हुदासम्म योपुस्तक  दिन म सक्दिन बुझ्यौ तिमीले ?´´
एक युवकले ठ्याम्म गोलि हान्छ अचानक लेखकको पाखुरामा गोलि लाग्छ युवती हच्किन्छे  समय साझपखको छ चराचुरुंगी आफ्नो गुँडतिर चिर्बिरगर्दै फर्केका हुन्छन
  अर्को पुस्तकको पाण्डुलिपिमा आँखा लाग्छ उठाउछे पढ्छे  युवती  कता कता उसलाई आत्माग्लानी हुन पुग्छे  सम्झना चलचित्र झैँ खुल्दै जान्छ
        रुपा तिमीले जीवनमा राम्रो काम गरेको देख्न सकूँ तिमी एक अबला कुमारी आमाकी छोरी हौ तिम्री आमाको जीवन संघर्ष कति कठि थियो
तिमीले भोलि आफ्नी आमालाई दुख दिनेअपराधी  रत्न किशोरलाइ  संजाय दिलाउनु पर्छ  हेर आज तिम्री आमा भएको भए तिमीले कसैको सहारा माग्नु पर्दंथ्यो   हो रुपा जस्ती रुपवान छ्यौ उस्तै जुझारु पनि तिमीमा असिम शाहस देखेको छु  तिम्री आमा हाम्रो कलेजमा परिसरको रुपमा काम गर्थिन , त्यहि बखत हो रत्न किशोरको गिद्दे नजरको शिकार भएकी आखिर त्यहि रत्नकी रगत हौ तिमी रुपा आज तिमीले यो कलेजमा आफ्नो जीवनका संघर्षका यात्रा पुरागर्ने बाटो तय गर्नु छ रुपा बुझ्यौ ?
´ ´´हजुर अंकल ~मैले बुझें ´´
आफ्नो बिगतको काहनी वास्तविकता बनेर आयो झल्यास भएको अनुभूति भयो  लेखकको नजिक पुगेररुदै हजुर चेतन अंकल हुनुहुन्छ ?मलाइ माफ गर्नुस अंकल म पापिनी हुन म आफ्नो जीवनदातालाइ मार्न आएकी थिएँ आखिर रुपाको अन्तरकथाले मलाइ बाध्य बनायो म आफ्नो इच्छाले थिएन म कसैको दवाबमा परेर यो कुकर्म गर्न आएकी थिएं´´
हो अरुणा तिम्रो खोजीमा तिम्री आमाले कति खोजिन आखिर एक दिन सडक दुर्घटनामा आफ्नो जीवनलाई अन्त्य गरिन तिमीले आफ्नो सहरिया जीवनमा हराएकी थियौ  मैले बाध्य भएर यो पुस्तक निकाल्न खोजें ,आखिर यो पुस्तकको चर्चाले मानिसहरु मलाइ भेट्ने जमर्को गर्दथे  किनकी यो पुस्तक जीवन्त थियो वास्तविक मानबिय समबेदना बोकेको थियो
आखिर यहि पुस्तकको रोयल्टीले मैले अनाथ बालबालिकाको सेवा गरेको छु त्यो घर देख्यौ -देखाउदै ..हो यहि पुस्तकले  तिम्रो आफ्नो बिगतलाई सम्झाउनु थियो र लेखेको थिएं म हेर अब म धेरै बाँच्ने छैन मेरो मृत्युको समय आइ सकेको छ यो त् केवल सन्जोग थियो
  ´´खलनायिका रुपा´´  कुरा यहि हो ल किन घाइते पारेकी मलाई मारेर सारा पुस्तक लिएर जाउ
आँखाबाट आँशु गहभरी पोखिन्छन  बौलाही जस्ती भाबुक हुदै भन्छे  भगवान मलाइ मुक्ति देउ म बाँच्न चाहन्न म अपराधिनी हुँ´´
युवकले सम्झाउछ्न निरन्तर रोहिरह्न्छे रोहिरहंछे  लेखकको पाखुराबाट रगत बगिरहेको छ एक पत्रकार सहित प्रहरी त्याहा  पुग्छन
युवक भाग्न खोज्छन सक्दैन्
क्रमश ,,,,,,,,
मोहन आचार्य / इन्द्रेणी शर्मा ´´जलद´´
प्रगतिनगर ,नवलपुर ., नवलपरासी, लुम्बिनी  नेपाल
हाल सान्तोस ओ व्हेलो ,लिस्बोन पोर्तुगल
दिनांक २४-०४-२०१२ राति २३.१५ बजे

लेखक र खलनायिका

Leave a comment

लेखक र खलनायिका

 कथा

´´आखिर तिमी को हौ किशोरी ? कसरी मेरो यो झुपडिमा? अनि को हो हुन ती युवकहरु ?´´ तपाईको पुस्तकले हाम्रोजीवन नै बेहाल बनायो त्यसैले हामीले सारा पुस्तक लिन लागिआएको हो ,यी मेरा सहयोगी भाईहरु हुन यदि दिनु भएन भने हामीले शक्ति प्रयोग गर्न नपरोस ´´मतलव ? के त्यों पुस्तकले नानीलाइ´कस्तो समस्या पार्यो त नानी ?´´ ´´ बुझ्नुहुन्छ ? ,तपाईको पुस्तकको बाहिरी आबरणको तस्बीर र भित्री नारी पात्रको कथा प्रसंग हु बहु मिल्न गयेकोले हामीले यो कदम अगाडी ल्यायेकाहौं ´´ ´´यो त मेरो आफ्नो नितांत निजी सृजना हो यो त सार्बजानिक भै सकेको छ तिम्रो जीवनसंग मिल्नु त संजोग हुन पुगेको होला. वास्ताबिकता त मलाई के थाहा ?´´ ´´जे जति छन हामीलाई दिनुस यो हाम्रो योजना र काम सकिए पछि फिर्ता दिन्छौं कुनै आर्थिक समस्या छ भने लिनुस यो रकम रु ५०,००० अक्षेरुपी पचास हजार दिदै अर्को पुस्तक निकाल्नुस बुझ्नु भएन ?´´ ´´ नानी मैले २ लाख दिन्छु एउटा आंखा दिन्छ्यौ ´´ ´´ के भन्न खोज्नुभएको ? हेर्नुस ,यो पुस्तकले गर्दा हाम्रो काम-धन्दामा कठिन पारेर हो हामीले यस पुस्तकले गर्दा बिबश बनेर खोज्दै यहाँसम्म आएका हौं ? कस्तो अजीव पुस्तक हो यो ? जस्तो लेखक उस्तै पुस्तक पनि ´´ ´´ठीक भन्यौ तिमीले ?´´ आखिर भनेको नमान्दा खप्नु पर्ला लेखक महोदय , सास्तीपाउनु छ या छैन ? होश गर्नुस हामी बिद्रोहीसमूहका एक जस्ता हौं हामीले बर्तमान सरकारको लागी समेत चेतावनी दिने सामर्थ्य छ तपाई त के हो र ? तैपनी एक कलमजीवीको अपमान गर्न चाहेका थिएनौ ,जब हामीलाई समस्या पर्छ ´´मितको टाउको बेलै सरि ´´ भने जस्तो हो हामीले जुनसुकै मूल्य तीर्न पनि कसर राख्ने छैनौ ´´ ´´ठिक छ लग ,मलाइ मारेर लग म जिउदो हुदासम्म योपुस्तक दिन म सक्दिन बुझ्यौ तिमीले ?´´ एक युवकले ठ्याम्म गोलि हान्छ अचानक लेखकको पाखुरामा गोलि लाग्छ युवती हच्किन्छे समय साझपखको छ चराचुरुंगी आफ्नो गुँडतिर चिर्बिरगर्दै फर्केका हुन्छन अर्को पुस्तकको पाण्डुलिपिमा आँखा लाग्छ उठाउछे पढ्छे युवती कता कता उसलाई आत्माग्लानी हुन पुग्छे सम्झना चलचित्र झैँ खुल्दै जान्छ रुपा तिमीले जीवनमा राम्रो काम गरेको देख्न सकूँ तिमी एक अबला कुमारी आमाकी छोरी हौ तिम्री आमाको जीवन संघर्ष कति कठि थियो तिमीले भोलि आफ्नी आमालाई दुख दिनेअपराधी रत्न किशोरलाइ संजाय दिलाउनु पर्छ हेर आज तिम्री आमा भएको भए तिमीले कसैको सहारा माग्नु पर्दंथ्यो हो रुपा जस्ती रुपवान छ्यौ उस्तै जुझारु पनि तिमीमा असिम शाहस देखेको छु तिम्री आमा हाम्रो कलेजमा परिसरको रुपमा काम गर्थिन , त्यहि बखत हो रत्न किशोरको गिद्दे नजरको शिकार भएकी आखिर त्यहि रत्नकी रगत हौ तिमी रुपा आज तिमीले यो कलेजमा आफ्नो जीवनका संघर्षका यात्रा पुरागर्ने बाटो तय गर्नु छ रुपा बुझ्यौ ? ´ ´´हजुर अंकल ~मैले बुझें ´´ आफ्नो बिगतको काहनी वास्तविकता बनेर आयो झल्यास भएको अनुभूति भयो लेखकको नजिक पुगेररुदै हजुर चेतन अंकल हुनुहुन्छ ?मलाइ माफ गर्नुस अंकल म पापिनी हुन म आफ्नो जीवनदातालाइ मार्न आएकी थिएँ आखिर रुपाको अन्तरकथाले मलाइ बाध्य बनायो म आफ्नो इच्छाले थिएन म कसैको दवाबमा परेर यो कुकर्म गर्न आएकी थिएं´´ हो अरुणा तिम्रो खोजीमा तिम्री आमाले कति खोजिन आखिर एक दिन सडक दुर्घटनामा आफ्नो जीवनलाई अन्त्य गरिन तिमीले आफ्नो सहरिया जीवनमा हराएकी थियौ मैले बाध्य भएर यो पुस्तक निकाल्न खोजें ,आखिर यो पुस्तकको चर्चाले मानिसहरु मलाइ भेट्ने जमर्को गर्दथे किनकी यो पुस्तक जीवन्त थियो वास्तविक मानबिय समबेदना बोकेको थियो आखिर यहि पुस्तकको रोयल्टीले मैले अनाथ बालबालिकाको सेवा गरेको छु त्यो घर देख्यौ -देखाउदै ..हो यहि पुस्तकले तिम्रो आफ्नो बिगतलाई सम्झाउनु थियो र लेखेको थिएं म हेर अब म धेरै बाँच्ने छैन मेरो मृत्युको समय आइ सकेको छ यो त् केवल सन्जोग थियो ´´खलनायिका रुपा´´ कुरा यहि हो ल किन घाइते पारेकी मलाई मारेर सारा पुस्तक लिएर जाउ आँखाबाट आँशु गहभरी पोखिन्छन बौलाही जस्ती भाबुक हुदै भन्छे भगवान मलाइ मुक्ति देउ म बाँच्न चाहन्न म अपराधिनी हुँ´´ युवकले सम्झाउछ्न निरन्तर रोहिरह्न्छे रोहिरहंछे लेखकको पाखुराबाट रगत बगिरहेको छ एक पत्रकार सहित प्रहरी त्याहा पुग्छन युवक भाग्न खोज्छन सक्दैन्

क्रमश ,,,,,,,,

मोहन आचार्य / इन्द्रेणी शर्मा ´´जलद´´

प्रगतिनगर ,नवलपुर ., नवलपरासी, लुम्बिनी नेपाल

 हाल सान्तोस ओ व्हेलो ,लिस्बोन पोर्तुगल

www.jaladacharyawordpress.com

दिनांक २४-०४-२०१२ राति २३.१५ बजे

Older Entries

Follow

Get every new post delivered to your Inbox.